Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक माथिको सुनुवाइ आज भएन ,अब आइतबार हुने

मधेसखबर
वीरगन्ज,०७ असोज : नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको विधेयक शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर सुनुवाई आगामी आइतबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ।
अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

Related posts

नागरिकता विधेयक रोकेकोमा ओलीले राष्ट्रपति भण्डारीलाई दिए धन्यवाद

MadhesKhabar

वीरगन्ज महानगरका थप दुइ वडामा एमाले विजयी

MadhesKhabar

स्वास्थ्यमन्त्रीबाट संगीता मिश्रको नाम काटियो, आज ४ जना मन्त्रीलाई मात्रै शपथ गराइँदै

MadhesKhabar

Leave a Comment