Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज महानगरपालिका : गत आर्थिक वर्षमा ४५ प्रतिशत बढि राजश्व संकलन

मधेसखबर
वीरगन्ज,०३साउन : वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७८/७९मा ४५ प्रतिशत भन्दा बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वीरगन्ज महानगरपालिकाले संकलन गरेको राजस्वको तुलनामा आर्थिक बर्ष २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व संकलन गरेको हो ।

अघिल्लो आव २०७७/७८ मा महानगरपालिकाले ६६ करोड ८८ लाख ९४ हजार राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा महानगरपालिकाको कार्यालयले ९७ करोड ४५ लाख ८३ हजार राजश्व संकलन गरेको हो ।
यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशतले बढी हो ।

वीरगन्ज महानगरपालिकाले गत आवमा सबैभन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व संकलन गरेको छ।
अघिल्लो आवमा घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट २० करोड ९९ लाख २३ हजार संकलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार संकलन भएको छ।

 

त्यसै महानगरपालिकाले सम्पत्ति करमा पनि गत आवमा १२ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।अघिल्लो आवमा सम्पति करमा वीरगन्ज महानगरपालिकाको कार्यालयले १५ करोड २१ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व संकलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।

Related posts

भारतीय बन्दरगाहबाट रेल्वे -याक वीरगन्ज ड्राइपोर्टमा समयमा नआउँदा उद्योगी–व्यपारीहरु मर्कामा

MadhesKhabar

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

MadhesKhabar

घटयो पेट्रोल र डिजेलको मूल्य

MadhesKhabar

Leave a Comment