Madhes Khabar
रोचक दुनियाँ

पानी पार्न जनप्रतिनिधीलाइ बाँधेर पूजा

मधेसखबर
वीरगन्ज,०२साउन : खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजा सहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । त्यही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी सहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेको स्थानीय सुशान्त घिमिरेले बताए ।

गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरि यस्तै पूजा भइरहेको छ । गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ,’ उनले भने,‘धार्मिक मान्यताअनुसार यसो गरिएको हो ।’

सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ । यो खबर कान्तिपुरमा लेखिएको छ 

Related posts

पानी पार्न पञ्चे बाजासहित जन्ती निकालेर गराइयाे भ्यागुताको बिहे

MadhesKhabar

गरिब परिवारका भाग्यमानी दुई साथी, जसले भेट्टाए ८० लाख बढीको हीरा

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment