Madhes Khabar
मधेस प्रदेश

वीरगन्जको विकास र समृद्धिमा ध्यान दिन मन्त्रीहरुसंग मेयर सिंहको आग्रह

मधेसखबर
वीरगन्ज,३१असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज महानगरको विकास र समृद्धिका लागि सहकार्य गर्न संघीय सरकारका दुइ जना मन्त्रीहरुको ध्यानाकर्षण गराउदै आग्रह गरेका छन् ।

शुक्रबार आफनै कार्यकक्षमा मेयर सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंहसंग छलफल गर्दै यस्तो आग्रह गरेका हुन् ।

 

त्यसअवसरमा दुवै मन्त्रीलाइ दोशल्ला ओढाएर सम्मानित पनि गर्दै मेयर सिंहले वीरगन्जको विकास, महानगरमाा आवश्यक कर्मचारी परिपूर्तिका लागि सामान्य प्रशासनमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।यस्तै उनले किसानलाइ आवश्यक मलखादको समयमै सहज उपलब्ध गराइ दिन र कृषका अन्य सेवा सुविधा बारे ध्यान दिन कृषिमन्त्री यादवसंग आग्रह गरे ।आफनो मागलाइ दुवै मन्त्रीले सकारात्मक रुपले लिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मेयर सिंहले बताए ।

त्यसअवसरमा वन तथा वातावरण मन्त्री प्रदीप यादवका साथै वडा नम्बर ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार , वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग , मेयर सिंहका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी , स्वकीय सचिव सत्यराज घिमिरे , महानगरपालिकाका कर्मचारी लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

MadhesKhabar

मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक

MadhesKhabar

मलंगवामा कलेज पढ्ने दुई युवतीमाथि सामुहिक बलात्कार

MadhesKhabar

Leave a Comment