Madhes Khabar
मधेस प्रदेश

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

मधेसखबर
वीरगन्ज ,१० मंसिर : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका शीवचन्द्र कुशवाहालाई ३५५ मतानेतरले पराजित गर्दै पुर्व मन्त्री समेत रहेका यादव दाेश्राे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत पाए ।

Related posts

पैसा बाडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

MadhesKhabar

रौतहटको गरुडाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment