Madhes Khabar
मधेस प्रदेश

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

मधेसखबर
वीरगन्ज ,१० मंसिर : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका शीवचन्द्र कुशवाहालाई ३५५ मतानेतरले पराजित गर्दै पुर्व मन्त्री समेत रहेका यादव दाेश्राे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७६९८, जनमत पार्टीका राजेश साहले २७२५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले ११११ मत पाए ।

Related posts

सप्तरी ४ मा काँग्रेसका चाैधरीकाे ह्याट्रिक

MadhesKhabar

एमालेले बुथ कब्जा गरे पछि बाराको चार स्थानमा मतदान स्थगीत

MadhesKhabar

प्रहरीको नियन्त्रणबाट भाग्न खाेजेपछि प्रहरीले चलाएकाे गाेली लागेर दुई डाँका घाइते

MadhesKhabar

Leave a Comment