
मधेशखबर
वीरगंज , असार ३० पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त पनि भएका छन् ।
जसमध्ये १ हजार १ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।

