वीरगन्ज,२५ भदौं : मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले मधेस प्रदेशकै सबै भन्दा ठूलो र पुरानो नारायणी अस्पतालको दुर्गती देख्दा दुःख लाग्ने गरेको बताएका छन् ।
मंगलबार नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाको उद्घाटन समारोहलाई विशिष्ट अतिथीका रुपमा सम्बोधन गर्दै पटेलले भने,‘देशकै दोश्रो ठूलो र मधेसकै सबैभन्दा ठूलो अस्पताल हो नारायणी अस्पताल हो । जसको आफै इतिहास र गौरबपनि छ । तर यो अस्पतालको दूर्गती देखेर यहाँ उपचार गराउन आउनै मन लाग्दैन ।’
अस्पतालको सरसफाईको दूरुवास्था रहेको , भौतिक पूर्वाधारपनि अपुग भएको, आम नागरिकका लागि उपचार सेवापनि सहज र सुलभव नहुदाँ बिरामी सास्ती खेप्न बाध्य हुने गरेको गुनासो उनले सुनाए । नेपाली कांग्रेसका नेतासमेत रहेका पटेलले अस्पतालको सुधारका लागि कार्यक्रममा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप् पौडेलको ध्यानाकर्षणपनि गराए ।
५ सय शैयाको भवन निर्माणको मुद्धा एकदशकदेखि सर्वोच्च अदालतमा विचाराधिन रहेका कारणलेपनि अस्पतालको सेवाविस्तारमा समस्या भइरहेको उनले बताए । सर्वोच्चका न्यायधिशले कुन कारणले उक्त मुद्धाको हालसम्मपनि छिनोफानो नगरेका हुन् ? उनिहरुको नियत के हो ? लगायतका प्रश्न गर्दै पटेलले भने,‘ हाम्रै पार्टीका स्वास्थ्यमन्त्री र कानुनमन्त्री हुनुहुन्छ । मेरो आग्रह छ उक्त मुद्धा छिटोभन्दा छिटो टुंग्याउनका लागि सर्वोच्चमा पहल गरिदिनु होस्।’
नाराायणी अस्पतालको सुधारका लाागि नयाँ भवनको आवश्यकता रहेकोपनि उनले बताए ।प्रदेश सभा सदस्य पटेलले मंगलबारदेखि नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवालाई निरन्तरता दिनका लागि अस्पतालमा स्थायी जननशक्तिको व्यवस्थापन गरिदिने स्वास्थ्यमन्त्री पौडेलसंग अनुरोधपनि गरे।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षता तथा मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,स्वास्थ मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, मणिन्द्रलाल नेपाली, मनोज यादव,नविन सिंह,दिलीपराज कार्की, रमेश यादव,रामनिवेश यादव,विकास तिवारी लगायतकोपनि सहभागीता थियो ।

