Madhes Khabar
समाज

वीरगंजमा बलात्कार विरुद्धको सचेतना कार्यक्रम तथा वृतचित्र प्रदर्शन


मधेशखबर
वीरगंज , २२ असाढ ,२०७९

वीरगंजमा मंगलबार बलात्कार विरुद्धको सचेतना कार्यक्रम , अन्तक्रिया तथा वृतचित्र प्रदर्शनी गरीएको छ । सम्यक संचार प्रालिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले बलात्कार लगायत जस्ता महिला विरुद्ध हुने गम्भिर प्रकृतीका जघन्य अपराधमा समेत सरोकारवाला निकाय गम्भिर नभएको गुनासो गरेका थिए । कोही व्यक्तिलाई त्यस्ता जघन्य अपराधको झुटा आरोपमा जेल सजाय भोग्नुपर्ने अवस्था छ भने कतै महिलामाथि भएका वास्तविक अपराध लुकाउने र समाजमै मिलाउने तथा सुल्झाउने प्रयास समेत गर्ने प्रवृतीले समाज झन् नकारात्मक बाटोतर्फ उन्मुख भएको सहभागिहरुको भनाई थियो । कार्यक्रममा सहभागि मध्ये कतिपयले भने सरकारले त्यस्ता पिडीत महिलाका लागि सुरक्षित आवास , निशुल्क परामर्श तथा निशुल्क रुपमा वकालत गरीदिने सरकारी वकिलको व्यवस्था गरेको सरकारको दाबी रहेपनि वृतचित्रमा भने पिडितले न्याय पाउन एक करोड रुपैया भन्दा बढी खर्चिनुपरेको गुनासो गरेका थिए । सहभागिहरुले सोधेका विभिन्न प्रश्न तथा जिज्ञासाहरुमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल,जिल्ला न्याधिवक्ता पदमराज कार्की , जिल्ला अदालतका उप रेजिस्टार केशव पौडेल , पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत , मनोचिकित्सक भरत गोईत , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,ओसीएमसीका संयोजक हेमा थापा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका घनश्याम खड्काले गरेका थिए भने सहजिकरण संस्थाकी रसना ढकाल पत्रकार सुस्मा शर्मा , निलिशा वर्माले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनिधीहरु , पालिकाका जनप्रतीनिधीहरु , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Related posts

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

MadhesKhabar

वीरगन्ज बालसुधार गृहको दूरावस्था सुधार गर्न मानव अधिकारकर्मीहरुको आग्रह

MadhesKhabar

१५०० युनिट रगत संकलनका लागि पर्सा–बारामा रक्तदान शिविर आयोजना गर्दै तेरापंथ युवक परिषद्

MadhesKhabar

Leave a Comment