Madhes Khabar
मधेस प्रदेश

चुनावमा घात गरेको भन्दै जसपाबाट सांसद सहित दुइ जना निष्कासित

मधेसखबर
वीरगन्ज,२०असार : स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना प्रदेश सांसद सहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

 

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् ।

 

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

टिकटक बन्द गर्न माग गर्दै मधेसका दुइ जिल्लामा प्रदर्शन

MadhesKhabar

जनकपुरका नवनिर्वाचित मेयर मनोजको विजय जुलुशमा काँग्रेसका मन्त्री र नेताहरु सहभागी

MadhesKhabar

Leave a Comment