Madhes Khabar
मधेस प्रदेश

मधेसको पानी संकटबारे भारतले देखायो चासो

जनकपुर,२९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसंग भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञको ३ सदस्यीय प्रतिनिधिमण्डलले भेटघाट गरेका छन् ।

भेटका क्रममा भारतीय प्रतिनिधिमण्डलले मधेसमा भूमिगत पानीको अवस्थाको विस्तृत मूल्यांकन गर्न तथा पानीको अभाव समाधानका उपाय र सुझाव दिने योजना प्रस्तुत गरेको थियो ।

भारतीय टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी भूमिगत पानीको अवस्थासम्बन्धी आवश्यक अनुसन्धान गर्ने जानकारीपनि गराएको थियो ।भारतीय प्रतिनिधिमण्डलमा जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए ।

मुख्यमन्त्री सिंहले भारतीय प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।

Related posts

रौतहटमा करेन्ट लागेर दुई जना किसानको मृत्यु

MadhesKhabar

मधेसमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाब

MadhesKhabar

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment