Madhes Khabar
मधेस प्रदेश

मधेसको पानी संकटबारे भारतले देखायो चासो

जनकपुर,२९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसंग भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञको ३ सदस्यीय प्रतिनिधिमण्डलले भेटघाट गरेका छन् ।

भेटका क्रममा भारतीय प्रतिनिधिमण्डलले मधेसमा भूमिगत पानीको अवस्थाको विस्तृत मूल्यांकन गर्न तथा पानीको अभाव समाधानका उपाय र सुझाव दिने योजना प्रस्तुत गरेको थियो ।

भारतीय टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी भूमिगत पानीको अवस्थासम्बन्धी आवश्यक अनुसन्धान गर्ने जानकारीपनि गराएको थियो ।भारतीय प्रतिनिधिमण्डलमा जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए ।

मुख्यमन्त्री सिंहले भारतीय प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।

Related posts

मधेस प्रदेश : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

MadhesKhabar

राैतहटकाे बनाना रिसोर्टमा आगलागी, ४० लाख बढीको क्षति

MadhesKhabar

लालबाबुको पालामा सन्चालित मुख्यमन्त्री स्वच्छता अभियान अलपत्र

MadhesKhabar

Leave a Comment