Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेश : मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

सांकेतिक फोटो ।

जनकपुरधाम,४असार:राैतहटमा बुधबार मोबाइल चार्ज गर्ने क्रममा बिजुलीकाे करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरी गाँउकी ३० वर्षीया गुलनाज खातुन रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार अपरान्ह सवा ४ तिर खातुनले आँफु सुत्ने कोठामा मोबाईल चार्ज गर्दा करेन्ट लागेर उनी घाइते भएकी थिइन् ।

घाइते खातुनलाई उपचारका लागि गाैरस्थित प्रादेशिक अस्पतामा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related posts

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

MadhesKhabar

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा एमालेकाे दाबी

MadhesKhabar

दिलीप हत्या प्रकरण : क्रसर मालिकले पाए सफाइ , अन्य ३ जना दोषी ठहर

MadhesKhabar

Leave a Comment