Madhes Khabar
समाज

बाराको रामजानकी मन्दिरमा एक व्यक्ति मृत अवस्थामा भेटिए

सांकेतिक तस्वीर

मधेसखबर
वीरगन्ज,१९असार : बाराको महागढीमाइ नगरपालिका वडा नम्बर २ इनर्वा चोक स्थित मन्दिरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

इनर्वा स्थित रामजानकी मन्दिरको बराण्डामा आइतबार बिहान अन्दाजी ७० वर्षका बृद्ध मृत अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

ती मृत व्याक्ति , भारतको बिहार घर भई बिगत एक बर्ष देखि गाँउघरमा मागी खाने हिडने मगन्ते रहेको तर उनको यकिन परिचय भने खुल्न नसकेको थापाले बताए ।

शव , पोष्टमार्टमका लागि कलैया स्थित प्रादेशी अस्पतालमा पठाएको र घटनाका बारेमा अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

Related posts

वीरगन्जलाई हरित सहर बनाउन मेयर सिंहले सुरु गरे बृक्षारोपण अभियान

MadhesKhabar

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

पर्सा :जन्तीलाई माछा नखुवाएको निहुँमा भाँडिएको विहे एक हप्तापछि दुवै पक्षको राजीखुशीमा सम्पन्न

MadhesKhabar

Leave a Comment