Madhes Khabar
समाचार

वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै

मधेसखबर
वीरगन्ज,१९ असार : वीरगन्ज महानगरपालिकाले आइतबार (आज) श्वेतपत्र जारी गर्दैछ । महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सन्चालनमा रहेका विभिन्न परियोजनाहरुको वर्तमान अवस्थाका बारेमा जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको हो ।

 

महानगरमा नयाँ नेतृत्व निर्वाचित भएर आएपछि गत जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले श्वेतपत्र तयार पार्नका लागि वीरगन्ज कलेजका अध्यक्ष समेत रहेका अर्थविद् डाक्टर दिपेन्द्र चौधरीको संयोजकत्वमा ९ सदस्यिय श्वेतपत्र तर्जुमा समिति गठन गरेको थियो ।

उक्त समितिले तयार पारेको श्वेतपत्र आइतबार अपरान्ह ३ बजे महानगरपालिकाको सभाकक्षमै कार्यक्रम गरेर जारी गर्न लागिएको मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार , श्वेतपत्र मार्फत महानगरवासीलाइ महानगरको विगतको नेतृत्वको पालामा भएका कामका साथै महानगरको वर्तमान आर्थिक , शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था ,सन्चालन र निर्माणाधीन योजनाको अवस्था बारे जानकारी गराइनेछ ।

आइतबार जारी हुने श्वेतपत्रले विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्था बारे छर्लङग हुने घिमिरेले बताए ।

Related posts

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृतिमा वीरगन्जमा तीन दिने कार्यक्रम हुने

MadhesKhabar

राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

MadhesKhabar

Leave a Comment