Madhes Khabar
शिक्षा

वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

माधुरी महत्तो
वीरगन्ज,११असार : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित नृसिंह माध्यमिक विधालयमा १२ कोठे भवनको शनिबार शिलन्याश गरिएको छ ।

नेपाल सरकारको नमूना विधालय विकास कार्यक्रम अन्तर्गत नृसिंह माविमा १२ कोठे भवन निर्माण गर्न थालिएको हो ।पिपरा स्थित नृसिंह मठका पुजारी बाबा श्री सुदर्शना आचार्यले शनिबार भवनको शिलन्यााश गरेका हुन् ।

नमूना विधालय विकास कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालयले उपलब्ध गराएको १ करोड ९५ लाख रुपैयाको लागतमा १२ वटा कोठा निर्माण गर्न थालिएको विधालयका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिए ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीको अध्यक्षता एंव सांसद शेख चाँद ताराको प्रमुख आतिथ्यतामा भएको शिलन्याश कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति अजय द्धिवेदी , नेकपा एमालेका नेता बाबुराम कौशीक, नेकपा एकिकृत समाजवादीका युवा नेता अनिल पटेल लगायतकोे पनि उपस्थिती रहेको थियो ।

Related posts

छात्रवृत्ति विवरण सार्वजनिक गर्न निजी र सरकारी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन

MadhesKhabar

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही

MadhesKhabar

वीरगन्जमा कक्षा ९ र ११ का लागि छात्रवृत्ति परीक्षा सम्पन्न,नतिजा छिट्टै आउने

MadhesKhabar

Leave a Comment