Madhes Khabar
मधेस प्रदेश

एमालेको अवरोधले जितपुर सिमरा उपमहानगरको नगरसभा स्थगीत

मधेसखबर
वीरगन्ज,१०असार : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा नेकपा एमालेको अवरोधका कारण स्थगीत भएको छ ।

जितपुरको बकुलीया माविको सभाकक्षमा शुक्रबार आयोजित नगरसभा , नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुको अवरोधका कारण स्थगीत भएको हो ।

बिहान ११ बजे देखि नै शुरु हुने भनिएको नगरसभा, एमालेका कार्यपालिका सदस्यहरु समयमै नआएका कारण अपरान्ह ४ बजे सम्म पनि शुरु हुन सकेको थिएन । एमालेका कार्यपालिका सदस्यहरु नआएपछि मेयर राजन शर्मा पौडेलको निर्देशनमा नगरसभा शुरु गर्न लाग्दा अचानक कार्यक्रम स्थलमा प्रवेश गरेका एमालेका कार्यपालिका सदस्यहरुले होहल्ला र कुर्ची फालाफाल गर्दै अवरोध गरेपछि नगरसभा स्थथगीत भएको हो ।आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम तथा बजेटमा मेयर पौडेलले आफनो मनपरि ढंगले वडाका लागि बजेट विनियोजन गरेको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाउदै आएका थिए ।

मेयर पौडेलले केहि कार्यपालिका सदस्यले नगरसभा भइ रहेका बेला हलमा पसेर अराजकता र उदण्डता प्रदर्शन गरेका कारण नगरसभा स्थगीत गर्नु परेको बताए । उनले आफना मतभेद र असन्तुष्टि नगसभाको छलफलमा राख्न सक्ने अवस्था भएपनि उनिहरुले उदण्डता प्रदर्शन गरेर नगरसभा बिथोलेको बताए ।

पौडेलले भने ,‘ अब अर्को मिति तय गरेर नगरसभा हुन्छ , अब हुने नगरसभाको प्रत्यक्ष प्रसारण पनि गरिनेछ ।

Related posts

तारा एयरको विमान दुर्घटनामा धनुषाको एउटै टोलका सात जनाको मृत्यु : मृतक सबै आफन्त, पुरा गाउँ नै शोकमा

MadhesKhabar

पर्सा , बारासहित मधेसका आठवटै जिल्लामा बाढीको उच्च जोखिम

MadhesKhabar

रौतहटमा क्रसर उद्योग सन्चालकहरुको ‘रजगज’

MadhesKhabar

Leave a Comment