Madhes Khabar
मधेस प्रदेश

रौतहटमा क्रसर उद्योग सन्चालकहरुको ‘रजगज’

रौतहट,२२ चैत : रौतहटका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालनमा रहेको पाइएको छ । तर त्यस्ता उद्योगलाई नियमन गर्दै तत्काल बन्द गराउन पहल शून्य देखिएको छ । रौतहट जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादवले व्यवास्था गरेकै कारण हाल दर्जनौ क्रसर उद्योग रौतहटमा सञ्चालनमा छन् ।

जिल्लामा रहेका २१ क्रसर उद्योगमध्ये ८ वटा मात्र बैध छन् भने बाँकी १७ अबैध क्रसर तथा बालुवा प्रशोधन कारखाना निर्वाध रुपमा सञ्चालित छन् । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको हुँदा पनि समितिका सभापति कानमा तेल हालेर बसेको अवस्था रहेको छ । समितिले यस्ता जिल्लाका बिभिन्न अबैध क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगले कारोवारको विवरण समेत नराखेकै कारणले नदी दोहन तीब्र रुपमा जारी छ ।

लगििघरेलु तथा साना उद्योग कार्यालय रौतहटकी प्रमुख रिन्की जयसवालले जिल्लामा सञ्चालित बैध क्रसर उद्योगसहित २१ क्रसर उद्योग सञ्चानमा रहेको भए पनि आफ्नो कार्यालयले कार्वाही गर्ने एकल अधिकार नभएको बताइन् । अनुगमन निरीक्षण गर्नुपर्दा जिल्ला समन्वय समितिको पहलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जाने अनुगमन टोलीमा कार्यालयमा प्रतिनिधित्व र सहभागिता हुने भए पनि नियमनकारी निकायले पहल नगर्दा आफू र सिङ्गो घरेलु कार्यालय मुकदर्शक बन्नु परेको बताइन् ।

अबैध रुपमा सञ्चालित ती उद्योगले राज्यलाई बुझाउनु पर्ने कर समेत छलिरहेको हुँदा यस विषयमा स्थानीय, प्रदेश र संघीय सरकार समेतले कानमा तेल हालेर बसिरहेको प्रष्ट छ । एक–दुई दिन अनुगमन गरेर अनुमति लिएर उद्योग सञ्चालनमा रहेका अबैध क्रसर उधोग तथा बालुवा प्रशोधनको अनुमति लिएर ढुंगा गिट्टीको उत्पादन गर्ने क्रसर उद्योग चलाइरहेका सञ्चालकलाई भने पनि उनीहरुले कुनै यस्ता प्रक्रिया अपनाएको पाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला सामन्वय समितिको बैठकले निर्णय गरेको अवस्थामा आफूहरुले कारबाही प्रक्रिया अघि बढाउने बताए । कानुनी रुपमा कार्वाही अगाडि बढाउने उनले प्रतिक्रिया दिए ।प्रिमेश शिवाकोटी/ अन्नपूर्णपोष्ट

 

Related posts

साइकल भ्रष्टचारमा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

MadhesKhabar

पर्सासहित मधेसका आठ जिल्लामा खटाइएका नेपाली प्रहरीका ३१ घुमुवालाई हटाइयो

MadhesKhabar

मधेसमा उपेन्द्र यादव र प्रचण्डकाे अभद्र पाेष्टर टाँस्ने दुईजना जनकपुरबाट पक्राउ

MadhesKhabar

Leave a Comment