Madhes Khabar
धर्म/संस्कृति

गृहमन्त्रि खाँडले गरे हजयात्रीको विदाई


मधेशखबर
१० असाढ ,२०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने १ सय १३ हजयात्रीलाई बिदाइ गरेका छन् ।
गृह मन्त्रि खाँडले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए ।
असार ६ गतेदेखि एयर अरेबियाको हवाइजहाजबाट दैनिक एक टोली हज गर्न गइरहेको छ । साउदीको जेब्दास्थित महावाणिज्य दूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि पनि खटिएको छ ।
हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कने गरेको छ ।
मुस्लिम समुदायको पवित्र तीर्थस्थानको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।
यो वर्ष हजका लागि नेपाललाई छुट्ट्याइएको ५५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यस तर्फ गएको जनाईएको छ ।

Related posts

रमजान पर्ब मनाउन पर्सा,बारा र रौतहटका ५०० मुस्लिम परिवारलाई खाद्य सामाग्री सहयोग

MadhesKhabar

वीरगन्जबासीको पर्वका रुपमा स्थापित हुदैं ‘गहवामाई रथ यात्रा’ (फोटो फिचर)

MadhesKhabar

पर्सामा हिन्दु सम्राट सेना गठन,अध्यक्षमा विकास साह

MadhesKhabar

Leave a Comment