Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको पटनाबाट उडेको विमानमा आगलागि

मधेशखबर
वीरगंज ,असाढ ५ , २०७९
भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ ।
आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।
पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् । उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।

Related posts

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल नियुक्त

MadhesKhabar

बिहारमा मदिरा सेवनले ३९ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment