Madhes Khabar
मधेस प्रदेश

निजगढ विमानस्थल कुनै पनि बहानामा अन्त सार्न पाइदैन : मुख्यमन्त्री राउत

मधेसखबर
वीरगन्ज,०२असार : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढबाट कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम बन्द गर्न आदेश दिएपछि त्यसको विरोधमा आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अति महत्वपूर्ण निजगढ विमानस्थल त्यहाबाट अन्त सार्ने षडयन्त्र खेल आफुहरुलाई स्वीकार्य नहुने बताए ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइ नसकेकोले निजगढवासीलाई नआत्तिन आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ विमानस्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले ,‘ निजगढ विमानस्थल बन्नु पर्नेमा हामी दृढ छौ , तर विमानस्थलको नाममा अनावश्यक रुख कटानी गर्न भने दिदैनौ । उनले नेपालको लागी सुहाउदो विमानस्थल बनाउनका लागी प्रदेश सरकार हर सम्भव प्रतिबद्ध रहेको बताए ।

विमानस्थलको नाममा जंगल नै सिध्याउने चलखेल हुँदै आएको प्रति निजगढबासीलाई सचेत गराउदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दवाव दिन आग्रह समेत गरे ।
निजगढबासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागी स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने ,‘ सर्वोच्चको पूर्ण पाठ नआउञ्जेल सम्मको लागी आन्दोलन स्थगित गर्नुस् , पूर्ण पाठ हाम्रै पक्षमा आउछ भनेमा विश्वस्त छु ,यदि विपक्षमा आए फेरी आन्दोलन गरौला ।

मुख्यमन्त्रीको आग्रहपछि अनसनमा बसेका निजगढवासीले चक्काजामको कार्यक्रम बिहीबार बाटै स्थगित गरेका छन् तर रिले अनसनलाई भने पनि निरन्तरता दिएका छन् ।

Related posts

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला

MadhesKhabar

धनुषामा भारतीय ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

MadhesKhabar

Leave a Comment