Madhes Khabar
कृषि

परवानीपुरको सेन्ट्रल ह्याचरी स्तरोन्नति गरेर सन्चालन हुने

मधेसखबर
वीरगन्ज,०१असार : बाराको परवानीपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालय मातहतमा सन्चालित कुखुरा अनुसन्धान इकाई (ह्याचरी) ,अब राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति भई सन्चालन हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० देखि देखि यो ह्याचरी , स्तरोन्नति भई सन्चालन हुने भएको हो ।विक्रम संवत २०१८ सालमा तत्कालीन कृषि विभाग अन्तर्गत सेन्ट्रल ह्याचरीको रुपमा स्थापित भएको यो ह्याचरीको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि सेन्ट्रल ह्याचरी तत्कालीन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मातहतमा रहने गरी कुखुरा अनुसन्धान इकाई नामकरण गरी सन्चालनमा रहेको थियो ।

६ दशक देखि सन्चालनमा रहेको यो ह्याचरीले देशका विभिन्न भेगका किसानलाई कुखुरा, हाँस, टर्की, बट्टाई लगायतका पंक्षीका चल्ला निःशुल्क तथा सशुल्क समेत बिक्रीवितरण गर्दै आएको छ । गत वर्ष कृषि अनुसन्धान परिषद् (नार्क) ले कुखुरा अनुसन्धान इकाईलाई राष्ट्रिय पंक्षीअनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कुखुरा अनुसन्धान इकाईका वैज्ञानिक अजीतकुमार झाका अनुसार आउदो साउन १ देखि स्वायत्त कार्यालयको रुपमा राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम सञ्चालनमा आउने भएको हो ।उनले भने ,‘अब यो कार्यक्रमको स्वायत्त कार्यालय, बजेट तथा कर्मचारी समेत हुनेछन्, त्यसपछि गिरिराज, न्यु हेम्पसायर, अस्ट्रेलो जातका कुखुराहरू, टर्की, बट्टाई लगायतका पंक्षीहरूमा देशव्यापी अनुसन्धान र प्रसार गरिने छ ।साभार :कान्तिपुर

Related posts

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन

MadhesKhabar

वीरगन्जका सहकारीहरुकाे बदमाशीले किसानले पाएनन् मल

MadhesKhabar

Leave a Comment