
मधेसखबर
वीरगन्ज,२८जेठः मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्ब रुपैयाको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
असार १ गते बार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेस प्रदेश सरकारका मन्त्रालयलहरू अन्तिम तयारीमा जुटेका छन् । संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि मधेस सरकारले सशर्त अनुदानको १० अर्ब ६ करोड, विशेष अनुदान तर्फ २ अर्ब ५६ करोड, सामानीकरण अनुदान तर्फ ७ अर्ब ८१ करोड, राजस्व बाडफाँड तर्फ करिब साढे ७ अर्ब र समपुरक बजेट तर्फ ७८ करोड गरी २८ अर्ब ७२ करोड रकम पाउनेछ ।
त्यस बाहेक मधेस प्रदेशको आन्तरिक अनुमानित आम्दानी साढे ३ अर्ब, चालु आर्थिक वर्षको बजेटमा खर्च हुन सक्ने अनुमानित रकम ९ अर्ब र आन्तरिक ऋण १ अर्ब समावेश गरी प्रदेश सरकारले करिब ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको श्रोतले जनाएको छ ।मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि करिब ३४ अर्बको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान छ ।
आर्थिक संकट र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै संघीय सरकारले आगामी आर्थिक वर्षमा संसदीय विकास कार्यक्रमको बजेट हटाएको छ । तर मधेश प्रदेश सरकारले भने उक्त शीर्षकमा बजेट राख्ने े भएको छ ।संघीय सरकारले मुलुकमा आर्थिक संकट र आगामी आर्थिक वर्षमै संघ र प्रदेशको निर्वाचन भएकाले पनि व्यवहारिक नहुने भनेर संघीय सरकारले संसदीय विकास कार्यक्रमको बजेट हटाएको छ । तर, मधेश प्रदेश सरकारले भने ंसदीय विकास कार्यक्रमको लागि बजेट राख्ने तयारी गरेको छ ।

