Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जमा दुइ करोडको सामान सहित तीन वटा ट्रक पक्राउ

मधेसखबर
वीरगन्ज,२६जेठ :वीरगन्जमा प्रहरीले भारतबाट तस्करी गरि ल्याइएका सामान बोकेर जादै गरेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
ती तीन वटै ट्रक र सामान सहितको गरि दुइ करोड भन्दा बढि मुल्याकंकन गरि आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार , वीरगन्ज १० घण्टघार स्थित सडकमा प्रहरीले बा ५ ख ६५५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट बिलबिजक भन्दा बढि मुल्यका हार्डवेयर , औषधी लगायतका सामान बरामद भएको हो ।
यस्तै वीरगन्ज ८ माइस्थान चोक स्थित सडकमा ना ४ ख ४३०१ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकबाट पनि बिलविजक भन्दा बढि मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको प्रहरी नाययव उपरिक्षक खनालले बताए ।
तीन वटै ट्रक र ट्रकबाट बरामद सामान गरि दुइ करोड रुपैयाको मुल्यांकन गरि आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले जानकारी दिए ।

 

Related posts

वीरगन्ज उद्योग वाणिज्य संघ र एनवाइईएफबिच परिचयात्मक कार्यक्रम सम्पन्न

MadhesKhabar

सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढ्योे

MadhesKhabar

सहकारीहरुलाई बलियो बनाउन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment