Madhes Khabar
शिक्षा

सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको शिक्षकहरुद्धारा नै स्वीकार

मधेसखबर
वीरगन्ज,२१ जेठ
:पर्साको पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु स्वंयले नै बालबालिकाको शैक्षिक गुणस्तर बारेमा चिन्ता व्यक्त गरेका छन् ।
गैरसरकारी संस्था युवालयले शुक्रबार आयोजना गरेको परियोजना परिचयात्मक कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले बालबालिकाको मनोसामाजिक बुझेर शिक्षण सिकाई सञ्चालन गर्ने प्रवृतिको बिकास गर्नुपर्नेमा जोड दिएका छन् ।
पर्सागढी नगरपालिका ८ हरपुरको वडा कार्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बहुअर्वासिराका प्रधानाध्यापक रामाशिष यादवले दिगो रुपमा कार्यन्वयन हुने गरी परियोजना सञ्चालन गर्नुपर्ने धारणा राखे ।नेपाल राष्ट्रिय आधारभुत विद्यालय टिकुलियाका प्रधानाध्यापक जयनारायण प्रसाद साहले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि शिक्षकको मात्रै नभएर अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने आवश्यक्ता औँल्याए ।
हरपुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक बिन्दा कुमार दासले विद्यालयले बालबालिकाको व्यक्तित्व बिकासका निम्ती गरीरहेका गतिविधिले पनि सन्तोषजनक उपलब्धी नभएको स्विकारे । अर्का प्रधानाध्यापक राम बहादुर चौधरीले विद्यालयमा सन्चालन हुने अतिरिक्त क्रियाकलापहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।जनता मावि पकडिया बढनिहारका सहायक प्रधानाध्यापक डिल्लीराम आचार्यले शिक्षकहरुको लागि प्रशिक्षण एंव तालिम सञ्चालन गनुपर्ने माग गरे ।
युवालयका कार्यकारी निर्देशक सन्जिव अधिकारीले परियोजनाको उद्देश्य बारे प्रकाश पार्दै समतामुलक समाज निर्माणका लागि युवालाई परिचालन गरेर बालबालिकालाई सही मार्गमा डो¥याउनुपर्ने धारणा राखे । बालबालिकाको क्षमता अभिवृद्धि बिना देशले सही भविष्य पाउन नसक्ने हुँदा सुरक्षासँगै अधिकारको प्रत्याभुती दिलाएर पठनपाठन गराई उनीहरुले खोजेको जस्तो वातावरण निर्माणमा सघाउन परियोजना सहयोगी सावित हुने अधिकारीको विश्वास छ ।
युवालयकी व्यवस्थापक एंव बित्तिय प्रमुख नितु डंगोलले सरकारले नै जारी गरेका निर्देशन एवम् नीतिलाई कार्यन्वयन गराउने मध्यस्कर्ताको रुपमा संस्थाले भूमिका खेल्ने बताइन् । हरेक विद्यालयमा गठन भएका बालक्लबलाई सक्रिय र सबल बनाउनुका साथै नभएका ठाउँमा गठन गरेर उनीहरुलाई जिम्मेवार बनाउन युवालयले हरसम्भव प्रयास गर्ने उनको भनाई छ ।
यसअघि पनि पर्सागढी नगरपालिकाले बालबालिकाको क्षेत्रमा विभिन्न गतिविधि गरीरहेको हुँदा त्यसैलाई निरन्तरता दिन र केही थप गर्नका लागि पर्सागढी युवालयको रोजाईमा परेको युवालयका अध्यक्ष सन्तोष महर्जनले बताए । बालबालिकालाई सक्षम बनाउने र बालक्लबलाई सबलीकरण गरेर बालबालिकाको हकहितका लागि आवाज उठाउन जिम्मेवार बनाउने अभियानमा सहकार्य गर्न प्रधानाध्यापकहरुलाई अध्यक्ष महर्जनले आग्रह गरे । उनको आग्रहबमोजिम प्रधानाध्यापकहरुले पनि बालबालिकाको सकारात्मक परिवर्तन र बिकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चारकर्मी सूर्यनारायण वि.क.ले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ८ की वडाअध्यक्ष सुन्दरीदेवी थरुनी, नेपाल राष्ट्रिय मावि बडेर्वाका सहायक शिक्षक हरेराम प्रसाद दास, राहुल साह लगायतको उपस्थिती रहेको युवालयका साधारण सदस्य बिकास साहले जानकारी दिए ।

Related posts

वीरगन्जमा लोकसेवा तयारी केन्द्रको उपमेयर आलमले गरे उद्धघाटन

MadhesKhabar

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

पर्सा जिल्लामा १० देखि १४ वर्ष उमेरका ९ हजार बढी बालिकाहरु जाँदैनन् विद्यालय

MadhesKhabar

Leave a Comment