Madhes Khabar
राजनीति

पर्सागढीको कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम पनि विजयी

मधेसखबर
वीरगन्ज,१९जेठः
पर्साको पर्सागढी नगरपालिकाको कार्यपालिकाको सदस्यमा नेकपा एमालेका ६ , जजसपाका १ र लोसपाका १ जना विजयी भएका छन् ।
कार्यपालिका सदस्यका लागि बिहीबार भएको निर्वाचनमा ८ मध्ये ६ सदस्य एमालेले जितेको हो ।
५ जना महिला सदस्यमा एमालेकी सीता देवी लामा , श्रीचन्दा देवी थरुनी , सबिता गिरी , लक्ष्मी विश्वकर्मा र लोसपासकी ुनिता कुमारी देवी विजयी भएकी हुन् । दलित वा अल्पसंख्यक सदस्यमा भने जसपाका असलम आलम तथा एमालेका मोहनलाल महत्तो र दिल बहादुर भुजेल निर्वाचित भएका हुन् । बिहीबार भएको निर्वाचनमा ४७ जना मतादाता रहेका थिए ।
बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिकामा एमालेले मेयर र उपमेयर सहित दुइ वडा अध्यक्ष , जसपाले दुइ वडाअध्यक्ष , काँग्रेसले तीन वडाअध्यक्ष , लोसपाले एक वडाअध्यक्ष र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीयालीमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

रिजालको पक्षमा जनलहर बढ्दै , एमाले र जसपाका ५० नेता कार्यकर्ता काँग्रेस प्रवेश

MadhesKhabar

मतदातालाई भेट्दै एमाले उम्मेदवार यादवले भने : चुनावी मौसममा मात्र देखिने नेतासंग सजग रहनु होला

MadhesKhabar

Leave a Comment