Madhes Khabar
समाज

बारामा चुनावका दिन भएको हत्यामा संलग्न ६ जना पक्राउ

मृतक राकेशभक्त पौडेल

मधेसखबर
वीरगन्ज,१७जेठः
चुनावका दिन बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुरसिमरा ६ कै चित्रबहादुर खत्री, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा , ज्वाइ सन्तोष खत्री , उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र एक १६ वर्षीया किशोरी गरी ६ जना रहेका छन् ।
इलाका प्रहरी सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाका अनुसार वैशाख ३० गते चित्रबहादुरको घरमा पौडेलको हत्या भएको थियो । चुनावको अघिल्लो रात बैशाख २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
चित्रबहादुर , नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ६ को वडा सदस्य पदको लागि उम्मेदवार थिए । तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९ औं दिनमा सुरुमा १७ वर्षिया किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मृतक पौडेलले हातमा लिएको मोबाइल सेट बटारिएको अवस्थामा फेला पारेको छ ।
हत्याको कारण महिलालाई दुर्व्यवहार गरेको भनी पनि आएकोले त्यो कोणबाटसमेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिम्लिसिनाले बताए ।

Related posts

साहिब दरबारले वीरगन्जका ३०० बालबालिकालाई बाड्यो स्वीटर

MadhesKhabar

‘सडक सुरक्षा सप्ताह’को अवसरमा आयोजित कार्यक्रममा ३९ जनाद्वारा रगतदान

MadhesKhabar

बारामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

MadhesKhabar

Leave a Comment