Madhes Khabar
स्थानिय

कालीकामाइको कार्यपालिका सदस्यमा जसपाका पाच र काँग्रेसका एक जना निर्वाचित

मधेसखबर
वीरगन्ज,१५जेठः
पर्साको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्य चुन्न भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का ५ जना र नेपाली काँग्रेसका १ जना विजयी भएका छन् ।
कार्यपालिकाको ६ जना सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका ५ जना र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका हुन् ।
महिला सदस्यमा जसपाकी अकलिया खातुन मुकेरी, चनरजोतिया दुसादिन, मालती देवी दुसादिन र ललिता देवी निर्वाचित हुदा दलित वा अल्पसंख्यक सदस्यमा जसपाकै हरिओम साह कलवार र कांग्रेसका रामराज चौरसिया निर्वाचित भएका छन् ।दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका साह र कलवार दुवै जना बैशाख ३० गते भएको निर्वाचनमा वडाध्यक्षका पनि उम्मेदवार थिए । तर दुवै जना पराजित भएका थिए ।
कूल २७ जना मतदाता रहेको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका १३ जना, कांग्रेसका १२ जना र एमालेका दुई जनाले मतदान गरेका थिए । गाउँ कार्यपालिकाको निर्वाचनमा कांग्रेस र एमालेले आन्तरिक तालमेल गरेपनि ६ मध्ये ५ सदस्य जसपाका निर्वाचित भएका हुन् ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकाको अध्यक्षसहित ३ वडाध्यक्ष जसपाले , उपाध्यक्ष सहित १ वडाध्यक्ष कांग्रेसले र बाँकी एक वडाध्यक्ष एमालेले जितेको थियो ।

Related posts

प्रधानमन्त्री बालेन्द्र शाहको मधेस प्रदेशका सान्सदहरुसंग छलफल चलिरह्दा, युवा नेता महादेव कुर्मिले दिए यस्ता सुझाव

MadhesKhabar

परवानीपुरमा यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित पोखराका केसी पक्राउ

MadhesKhabar

भारतबाट १०० रुपैयाँ बढीका समान ल्याउँदा भन्सार लिन थालेपछि मधेसका गृहिणीले उठाए कैयौँ प्रश्न

MadhesKhabar

Leave a Comment