Madhes Khabar
स्थानिय

कालीकामाइको कार्यपालिका सदस्यमा जसपाका पाच र काँग्रेसका एक जना निर्वाचित

मधेसखबर
वीरगन्ज,१५जेठः
पर्साको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्य चुन्न भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का ५ जना र नेपाली काँग्रेसका १ जना विजयी भएका छन् ।
कार्यपालिकाको ६ जना सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका ५ जना र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका हुन् ।
महिला सदस्यमा जसपाकी अकलिया खातुन मुकेरी, चनरजोतिया दुसादिन, मालती देवी दुसादिन र ललिता देवी निर्वाचित हुदा दलित वा अल्पसंख्यक सदस्यमा जसपाकै हरिओम साह कलवार र कांग्रेसका रामराज चौरसिया निर्वाचित भएका छन् ।दलित वा अल्पसंख्यक सदस्यमा विजयी भएका साह र कलवार दुवै जना बैशाख ३० गते भएको निर्वाचनमा वडाध्यक्षका पनि उम्मेदवार थिए । तर दुवै जना पराजित भएका थिए ।
कूल २७ जना मतदाता रहेको कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका १३ जना, कांग्रेसका १२ जना र एमालेका दुई जनाले मतदान गरेका थिए । गाउँ कार्यपालिकाको निर्वाचनमा कांग्रेस र एमालेले आन्तरिक तालमेल गरेपनि ६ मध्ये ५ सदस्य जसपाका निर्वाचित भएका हुन् ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकाको अध्यक्षसहित ३ वडाध्यक्ष जसपाले , उपाध्यक्ष सहित १ वडाध्यक्ष कांग्रेसले र बाँकी एक वडाध्यक्ष एमालेले जितेको थियो ।

Related posts

पर्साका सिडिओ अर्याल भन्छन् : अझैपनि ८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहनु चिन्ताजनक

MadhesKhabar

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

MadhesKhabar

कुख्यात अपराधी बब्लु आखीर कहाँबाट पक्राउ परे ? के छ उनको अपराधिक श्रृंखला ?

MadhesKhabar

Leave a Comment