
मधेसखबर
वीरगन्ज,१६जेठः पर्साको ठोरीको गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सम्पुर्ण उम्मेदवारहरु विजयी भएका छन् ।
गाँउकार्यपालिकाका ६ सदस्यको लागि सोमबार भएको निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।गाउँकार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा एमालेका उम्मेदवार इश्वरी देवी प्रजा र मेघराज सुनुवार विजयी भएका हुन् ।
पालिकाका २७ जना निर्वाचित जनप्रतिनिधि मध्ये सोमबार भएको मतदानमा २६ जनाले मतदान गरेका थिए । विजयी इश्वरी देवीप्रजा र मेघराज सुनुवारले १७/१७ मत प्राप्त गरेका हुन् भने कांग्रेसकी समिता बिश्वकर्मा र नेकपा माओबादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९/९ मत मात्रै प्राप्त गरे ।
यस्तै कार्यपालिका महिला सदस्यमा पनि एमालेकै देवीमाया थिङ,ज्ञान कुमारी जोशी,फुलमाया दर्जी र धनमाया घलान विजयी भएका छन ।
गत बैशाख ३० गते भएको निर्वाचनमा ठोरी गाँउपालिकामा अध्यक्ष , उपाध्यक्ष र ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि जितेर एमाले पहिलो , १ वडाध्यक्ष सहित ७ जना जनप्रतिनिधि जितेर माओवादी केन्द्र दोस्रो तथा १ वडाध्यक्ष सहित ४ जना जनप्रतिनिधि जितेको काँग्रेस तेस्रो भएको थियो ।

