Madhes Khabar
राजनीति

वीरगन्जमा हुने भनिएको सद्भावना पार्टीको महाधिवेशन अब जनकपुरमा हुने

वीरगन्ज,५कार्तिक :नेपाल सद्भावना पार्टीको सातौं राष्ट्रिय महाधिवेशन जनकपुरमा हुने भउको छ । यसअघि वीरगन्जमा हुने भनेर प्रचार गरिएको महाधिवेशन अब जनकपुरमा हुने भएको हो ।

वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गत असोज २२ गते बसेको नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यकारिणी बैैठकले पार्टीको महाधिवेशन जनकपुरमा गर्ने निर्णय गरेको जानकारी गराइएको हो । तर गत असोज २९ गते जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन वीरगन्जमा आगामी मंसिर १ देखि ३ गतेसम्म गर्ने निर्णय भएको जानकारी गराइएको थियो ।

वीरगन्जमा गरिने महाधिवेशनका लागि तयारीस्वरूप पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाको संयोजकत्वमा ५९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनपनि गरिएको थियो ।तर अब महाधिवेशनस्थल परिवर्तनसंगै उक्त आयोजक समितिको औचित्यपनि सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Related posts

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

MadhesKhabar

खानेपानी संस्थानको सदस्यमा मेयर सिंहसहित ४ जना नियुक्त, मन्त्रालयको सल्लाहकारमा यादव

MadhesKhabar

बाजुराकाे प्रतिनिधि सभा सदस्यमा काँग्रेसका पाण्डे निर्वाचित

MadhesKhabar

Leave a Comment