Madhes Khabar
राष्ट्रिय

काठमाण्डौकी युवतीलाइ वीरगन्जमा ल्याएर पटक पटक बलात्कार गरेको घटनामा संलग्न ३ जना पक्राउ

मधेसखबर
वीरगन्ज, १६जेठ
: वीरगन्जमा एक युवतीलाइ विहेको प्रलोभन दिइ पटक पटक जबरजस्ति करणी गरेको घटनामा संलग्नमा ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाँउपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षिय सुरज साह ,जुम्लाको हेमा गाउपालिका ३ का ३५ वर्षिइ हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगन्ज १६ मा बस्ने ४२ वर्षिय लक्ष्मी बुढाथोकी कार्की रहेका छन् ।
प्रहरीका अनुसार , काठमाण्डौकी २५ वर्षिया युवतीलाइ साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगन्जमा बोलाएर बसपार्क स्थित एक होटलमा लगी पटकपटक करणी गरेपपछि वीरगन्ज १६ स्थित कार्की होटलकी सन्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए ।
त्यसपछि जेठ १० गते लक्ष्मीले ती पिडिता युवतीलाइ विहे गर्छ भन्ने प्रलोभन दिइ वीरगन्ज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकि थिइन् । तर योगीले पनि ती युवतीलाइ आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाबाट भागेर आफन्तको सम्पर्कमा गएकि थिइन् । त्यसपछि आफन्तले घटना बारे प्रहरीलाइ जानकारी गराएपछि प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट ती तीन जना आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Related posts

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदबहाली,जेनजी आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय

MadhesKhabar

इजरायलबाट नेपालीको उद्धार सुरु, २५४ जना आइपुगे काठमाडौं

MadhesKhabar

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु

MadhesKhabar

Leave a Comment