Madhes Khabar
राष्ट्रिय

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु

काठमाडौं,२माघः रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको मृत्यु भएको छ ।लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर १ घर भएका ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको गाँउपालिका पालिकाका सूचना अधिकारी रमण बरालले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको छ ।

गुरुङ रोजगारीका लागि भन्दै साढे तीन महिना अघि रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
गुरुङको मृत्यु बारे नेपालको परराष्ट्र मन्त्रालयले भने अझैसम्म पुष्टि गरेको छैन।

Related posts

नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

MadhesKhabar

पहिरोले पुरिएर ५ जनाको मृत्यु , ७ जना अझै बेपत्ता

MadhesKhabar

Leave a Comment