Madhes Khabar
अर्थतन्‍त्र

आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि करिब १८ खर्बको बजेट सार्वजनिक

मधेसखर
वीरगन्ज,१५जेठः
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
संसदमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण् ातर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

Related posts

सरकारले वीरगन्ज चिनी मिल चलाउछ,निजगढ विमानस्थल पनि बनाउछ – अर्थमन्त्री शर्मा

MadhesKhabar

अघोषित लोडसेडिङले पर्सा-बाराका उद्योगहरु समस्यामा

MadhesKhabar

धान ,चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन वीरगन्जका उद्योगीहरुको माग

MadhesKhabar

Leave a Comment