
मधेसखबर
वीरगन्ज,१०जेठ :इन्धनको मुल्य बढेपछि सरकारले सार्वजनिक गाडीको भाडा फेरि बढाएको छ ।
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मुल्य प्रतिलिटर १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराई मधेसको सडकमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।
यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यही जेठ ४ गते पनि गाडीको भाडा बढेको थियो ।
वीरगन्जबाट काठमाण्डौको बस भाडा ७७२ रुपैयाबाट बढेर अब ७८८ रुपैया कायम भएको । यस्तै कलैयाबाट काठमाण्डौको बस भाडा ८०५ बाट बढेर अब ८२२ रुपैया कायम भएको छ । यस्तै वीरगन्जबाट हेटौडको भाडा १४४ रुपैया , वीरगन्जबाट नारायणगढको ३७२ रुपैया र वीरगन्जबाट पोखराको बस भाडा ७३८ रुपैया कायम भएको छ ।

