Madhes Khabar
गण्डकी प्रदेश

पोखरा महानगरपालिकामा मतगणना रोकियो

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,१०जेठ
: पोखरा महानगरपालिकाको मतगणना मङगलबार दिउसो देखि रोकिएको छ ।नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थलमा नगएपछि मतगणना रोकिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को मतगणना रोकिएको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ मा खसेको मत र गणना भएको मतको संख्या बराबर नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ । त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिहरुले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित हुनुभएको छ । वडा नम्बर १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा ४ हजार ३ सय ३९ मतगणना भएको थियो ।
मतपरिणामअनुसार एमालेका थापाले १ हजार ६ सय ४० र कांग्रेसका तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याउनुभएको थियो ।

Related posts

गाई काटेकाे आराेपमा ४ जना पक्राउ

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment