मधेसखबर
वीरगन्ज,०६ जेठ : प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार जित नजिक पुगेका छन । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।
त्यहाँ गठबन्धनका उपमेयरका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव कार्कीभन्दा झन्डै आधा मतले पछि छन् ।
कुल ८९ हजार ६७८ मत खसmेरेको विराटनगरमा शुक्रबार राति सम्म ८२ हजार ५२७ मत गणना हुँदा गठबन्धनका कोइरालाले २७ हजार २६४ मत पाएका छन् । उनका प्रत्यासी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाउँदा कोइराला विजयी नजिक पुगेका हुन् । गणना गर्न बाँकी रहेको मतमा कोइरालालाई मत नै नपर्दा मात्र थापाको जित सम्भव हुने स्थिति छ ।
त्यसैगरी उपमेयरमा एमालेकी कार्कीले २३ हजार ६३१ मत पाउँदा गठबन्धनका यादवले १३ हजार २३४ मत मात्र पाउँदा कार्की पनि जितनजिक पुगेकी हुन । गणना गर्न बाँकी रहेको सवै मत यादवलाई परे पनि उनी विजय हुँदैनन् । यही मत आँकडाले मतगणनास्थल आर्दश माध्यामिक विद्यालयबाहिर सम्भावित विजयी मेयर र उपमेयरका उम्मेदवारलाई बधाई दिन सुरु भएको छ ।
प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार महानगरको मतगणना शुक्रबार रातिसम्ममा सक्ने तयारी गरिएको छ ।


