माधुरी महत्तो
वीरगन्ज, ०६ जेठ :बाराको कलैया उपमहानगरपालिकामा सत्तागठबन्धनलाइ नेकपा एमालेले फराकिलो मत अन्तरले पराजित गर्दै मेयर र उपमेयर दुवै पद जितेको छ ।
निवर्तमान मेयर एंव गठबन्धनका काँग्रेसका उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका राजेशराय यादवलाइ ५५९९ मतले पराजित गर्दै मेयरमा एमाले उम्मेदवार विनोद साह विजयी भएका हुन् ।
साह २४१३९ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका काँग्रेस उम्मेदवार यादवले १८५४० मत मात्रै पाएका छन् । २०७४ को निर्वाचनमा पनि मेयरमा यी दुवै जना बिच प्रतिष्पर्धा भएको थियो ।
यस्तै कलैया उपमहानगरको उपप्रमुखमा पनि एमालेकी उम्मेदवार रौशन परबीन निर्वाचत भएकीछन् । । गठबन्धनबाट जसपाका उम्मेदवार एंव संविधानसभा सदस्य प्रमोद गुप्तालाइ ९४९ मत अन्तरले हराउदै परबिन उपमेयरमा निर्वाचित भएकी हुन् ।


