Madhes Khabar
राजनीति

पर्सामा मेयरकै वडामा लौरो छापका स्वतन्त्र उम्मेदवार विजयी

माधुरी महत्तो
वीरगन्ज,०३ जेठ :
पर्साको पर्सागढी नगरपालिकामा निवर्तमान मेयर लोकनारायण यादवकै वडामा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
पर्सागढी नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नवलकिशोर प्रसाद कलवार निर्वाचित भएका हुन् ।
मङगलबार दिउसो सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , कलवार ४९८ मतका साथ वडाअध्यक्षमा विजयी भएका हुन् ।
कलवारका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामनरेश प्रसाद यादवले भने ४५३ मत पाएका छन् ।
काँग्रेसका मेयर उम्मेदवार समेत रहेका निवर्तमान मेयर यादवको वडामा स्वतन्त्र उम्मेदवार कलवारले वडा अध्यक्ष जित्दा काँग्रेसका वडाअध्यक्षका उम्मेदवार किशोरीलाल अहिर भने ३२६ मत मात्रै पाउदै तेश्रो स्थानमा सिमित भएका छन् ।

Related posts

जसपा उम्मेदवार गुप्ताकाे लाेकप्रियता बढ्दै

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन सोध्छन : राजा हटाएर ल्याएको गणतन्त्रमा के जनताले सुख पाए ?

MadhesKhabar

वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश

MadhesKhabar

Leave a Comment