Madhes Khabar
राष्ट्रिय

पर्सामा काँग्रेसले जितको पहिलो खाता खोल्यो

धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा विजयी भएका बन्धु साह तेली ।

मधेसखबर
वीरगन्ज ,३१ बैशाख :
स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले जितको पहिलो खाता खोलेको छ ।
धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा जित हात पार्दै काँग्रेसले जितको खाता खोलेको हो ।
उक्त वडाको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका हुन्तेलीले ५ सय ७४ मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका छन् ।
उक्त वडामा महिला सदस्य , दलित महिला सदस्य र खुल्ला एक सदस्यमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् भने बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

Related posts

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

MadhesKhabar

बझाङमा आधा घण्टामा दुई पटक भुकम्प,क्षतिको विवरण भने आउन बाँकी

MadhesKhabar

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

MadhesKhabar

Leave a Comment