
मधेसखबर
वीरगन्ज ,३१ बैशाख :स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले जितको पहिलो खाता खोलेको छ ।
धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा जित हात पार्दै काँग्रेसले जितको खाता खोलेको हो ।
उक्त वडाको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका हुन्तेलीले ५ सय ७४ मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका छन् ।
उक्त वडामा महिला सदस्य , दलित महिला सदस्य र खुल्ला एक सदस्यमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् भने बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

