Madhes Khabar
राष्ट्रिय

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,१०फागुन : स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यो रिटको पेशी १२ फागुनमा तोकिएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति द्यिादेवी भण्डारीले ५ फागुनमा जरिवाना माफी मिनाहको निर्णय गरेकी थिइन् ।साभारः अनलाइनखबर

Related posts

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक विरुद्ध सर्वाेच्च अदालतमा रिट

MadhesKhabar

उपराष्ट्रपति यादवकाे पहिलाे विदेश भ्रमण चीनमा

MadhesKhabar

शेखर कोइराला भन्छन् –काँग्रेसले टिकट बेच्यो , कार्यकर्ताले पार्टी छाड्न थाले

MadhesKhabar

Leave a Comment