Madhes Khabar
राष्ट्रिय

बझाङमा आधा घण्टामा दुई पटक भुकम्प,क्षतिको विवरण भने आउन बाँकी

काठमाडौं,१६ असोज : बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको र भत्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

यसअघि मंगलबार नै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।साभार : ईकान्तिपुरबाट

Related posts

प्रेम आचार्यले उठाएका विषयकाे छानबिन गर्ने मन्त्रीपरिषद्काे निर्णय

MadhesKhabar

देशभरमा कहाँ कति पर्‍यो पानी ?

MadhesKhabar

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश

MadhesKhabar

Leave a Comment