Madhes Khabar
राष्ट्रिय

बझाङमा आधा घण्टामा दुई पटक भुकम्प,क्षतिको विवरण भने आउन बाँकी

काठमाडौं,१६ असोज : बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको र भत्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

यसअघि मंगलबार नै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् ।

भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।साभार : ईकान्तिपुरबाट

Related posts

नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

MadhesKhabar

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

MadhesKhabar

मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकारले नयाँ निर्णय लिन सक्छ : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

Leave a Comment