
मधेसखबर
वीरगन्ज,२७ बैशाखः स्थानीय तह निर्वाचनको मौन अवधि मङगलवार मध्यराति १२ बजे देखि सुरु हुँदैछ ।
मङलबार मध्यराति १२ बजेदेखि शुरु हुने मौन अवधि , मतदानको दिन वैशाख ३० गते राति १२ बजेसम्म लागु रहने निर्वाचन आयोगले जनाएको छ ।
मौनध अवधिमा अर्थात मङगलबार राति १२ बजे पछि चुनाव प्रचार प्रसार गनर्न पाइने छैन । मौन अवधीमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।
मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सन्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले बताए ।
निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।आयोगका प्रवक्ता पौडेलका अनुसार फेसबुक, ट्वीटर , इन्स्टाग्राम लगायतका सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दिइएको छ ।
निर्वाचन सामग्री हटाए÷नहटाएको तथा नयाँ प्रचार सामग्री राखे÷नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी नेपाल प्रहरी र नेपाली सेनाको साइबर व्यूरोलाई दिइएको आयोगका प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।
मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

