Madhes Khabar
मधेस प्रदेश

वीरगन्ज १० मा केन्द्र र जिल्लाका नेताहरुको सहभागीतामा काँग्रेसको शक्ति प्रर्दशन

मधेसखबर
वीरगन्ज, २६ बैशाख :
वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा नेपाली काँग्रेसले चुनावी शक्ति प्रदर्शन गरेको छ ।
सोमबार बिहान केन्द्र र जिल्लाका नेताहरुको सहभागीतामा काँग्रेसले वडा नम्बर १० को अशोकवाटिका , घडीअर्वा र आदर्शनगरका विभिन्न टोलमा घरदैलो गरेर शक्ति प्रदर्शन गरेको हो ।
काँँग्रेस वडा अध्यक्षका उम्मेदवार रामनगीना साह कानुको अगुवाइमा भएको घरदैलो कार्यक्रममा सहभागी काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसीया , प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्मा , संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य , जिल्ला उपसभापति अशोक कुमार गुप्ता , पुर्व जिल्ला सचिव श्याम पटेल लगायतका नेताहरुले मतदाताको घरघरमै पुगेर काँग्रेसका उम्मेदवारलाइ जिताउन आग्रह गरेका थिए ।


मतदातासंग भेट्ने क्रममा काँग्रेस नेताहरुले वडा नम्बर १० मा विगतको नेतृत्व काँग्रेसले नै गरेको तर काँग्रेसका जनप्रतिनिधी माथि कुनै पनि प्रश्न उठाउने ठाँउ नरहेकाले फेरि पनि निवर्तमान वडा अध्यक्ष रामनगीनालाइ चुनावी मैदानमा उतारेको बताए ।
विगतमा गरेका कामले जनता माझ लोकप्रिय छवि बनाएका रामनगीनाले फेरि पनि नेतृत्व पाए जनताको लागि राम्रौ काम गर्ने दाबी उनिहरुको भनाइ थियो ।


घरदैलो सहितको शक्ति प्रदर्शनमा काँग्रेसबाट वडा नम्बर १० मा वडा सदस्य उम्मेदवार अरविन्द साह र पुष्कर राजवंशी , महिला सदस्य उम्मेदवार सन्तोष देवी खतिवडा र दलित महिला सदस्य उम्मेदवार सुनैना देवी केवट , काँग्रेस नेताहरु राजकृष्ण अमात्य ,रामरुप कुर्मी, बैकुण्ठ श्रीवास्तव , रुपा श्रेष्ठ , किरण सरकार , दिपक साह , सन्तोष गुप्ता , मनोहर साह , मनोज कुमार साह , प्रमानन्द साह कानु , सुशील खेतान , दिलिपराज कार्की लगायतको सहभागीता थियो ।

Related posts

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

MadhesKhabar

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

MadhesKhabar

Leave a Comment