Madhes Khabar
स्वास्थ्य

वीरगन्ज कारागारका २ सय ४१ कैदी बन्दीद्धारा रगत दान

शनिबार वीरगन्ज कारागारमा आयोजित रक्तदान कार्यक्रम

क्रान्ति शाह
वीरगन्ज , २४ बैशाख
:वीरगन्जमा शनिवार दुइ छुटटा छुटटै स्थानमा आयोजित रक्तदान कार्यक्रममा दुइ सय ८२ जनाले रक्तदान गरेका छन् ।
वीरगन्ज कारागारमा पहल नामक संस्थाले कारागार परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा दुइ महिला सहित २ सय ४६ जनाले रगतदान गरेका छन् । कारागार प्रशासनको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २ सय ४१ जना कैदीबन्दी र संस्थाका ५ जना गरि दुइ सय ४६ जनाले रगतदान गरेको पहल संस्थाका अध्यक्ष दिलिपराज कार्कीले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उद्घाटन गरेको रक्तदान कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखेरेल पनि रगतदान गरेका हुन् ।
अत्याधिक गर्मी अनि र चुनावमा सबै व्यस्त रहदा रक्तदान कार्यक्रमको कमीले रक्तसन्चार केन्द्रमा रगतको चरम अभाव भएपछि शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष कार्कीले बताए । रक्तदान कार्यक्रममा कारागारका जेलर कृष्ण गैरे, नेपाली सेनाका कर्णेल जय राम थापा, प्रहरी उपरिक्षक रमेश बस्नेत,सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, प्रहरी नायव उपरिक्षक प्रहलाद कार्की,समाजिक अभियन्ता प्रकाश थारु, महेश सिंह धामी लगायतको पनि सहभागीता रहेको रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।
शनिबार नै वीरगन्जमा पहिलो पाइला नामक संस्थाले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । घण्टघार चोकमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ३६ जनाले रगतदान गरेका छन् ।

शनिबार वीरगन्जको घण्टाघरमा पहिलो साइलाले आयोजना गरेको कार्यक्रम


रगतदान गर्नेहरुमा स्नेहा साह, लक्ष्मी गुप्ता, निश्चल प्रजापति, मुस्कान अग्रवाल, विवेक ठाकुर, सुनिल यादव, दिपेस कर्ण, सुरज साह कानु, रामचन्द्र श्रेष्ठ, राजेस दुबे, सैलेन्द्र चौरासीया, सुसिम अधिकारी लगायत रहेको नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

शनिबार वीरगन्जको घण्टाघरमा पहिलो साइलाले आयोजना गरेको कार्यक्रम


संस्थाका अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्सा कार्यसमिति सदस्य नवनित अग्रवालले गरेका थिए । रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले रगत दान गर्नेहरुलाइ कदरपत्र प्रदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुको टोलीले सहजीकरण गरेको प्राविधीक सहायक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

Related posts

ठाेरीकाे रामनगरमा भालुको आक्रमणमा परि श्रीमान् श्रीमती घाइते

MadhesKhabar

नारायणी अस्पतालका डाक्टर र नर्सहरुकाे आन्दाेलनले चाैतर्फी समर्थन पाउँदै,नेविसंघले पनि जनायाे ऐक्यबद्धता

MadhesKhabar

पर्सामा हालसम्म हैजाका बिरामी वीरगन्जमा मात्रै भेटिएका छन् : स्वास्थ्य कार्यालय पर्सा

MadhesKhabar

Leave a Comment