
मधेसखबर
वीरगन्ज,२२ बैशाख : पर्साको मनियारीका पुर्व गाविस उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हाल वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारका जसपा नेता समेत रहेका पुर्वगाविस उपाध्यक्ष वीरेन्द्र यादव , बिहीबार एमालेमा प्रवेश गरेका छन् ।
महानगरका निवर्तमान मेययर एंव एमालेका मेयर उम्मेदवार विजय कुमारी सरागीको पहलमा पुर्व गाविस अध्यक्ष जसपा परित्याग गरि एमालेमा प्रवेश गरेको सरावगीका स्वकयि सचिव पिन्टु उपाध्यायले जानकारी दिए ।
पूर्व गाविस उपाध्यक्ष यादवसंगै जसपाका स्थानीय नेताहरु दरोगा तुरहा, कृष्ण यादव, नथुनी साह, जितेन्द्र यादव र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हरेन्द्र यादव पनि एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाइ एमालेका मेयर उम्मेदवार सरावगी , संविधानसभा सदस्य विचारी यादवले टिका लगाएर पार्टीमा स्वागत गरे ।

