Madhes Khabar
स्थानिय

पर्साकाे पारसनाथ मठकाे अतिक्रमण ३ दिनभित्र हटाउन गाँउपालिका अध्यक्षकाे निर्देशन

वीरगन्ज,४माघ:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वठा नम्बर ५ महुवनमा रहेकाे पारसनाथ मठकाे जग्गाकाे अतिक्रमण तीन दिनभित्र खाली गाँउपालिकाकाे गाँउकार्यपालिकाले आग्रह गरेकाे छ।

महुवनकाे पारसनाथ महादेव महुवन मठकाे कित्ता नम्बर २७६ काे करिब ५ बिघा ६ कठ्ठा क्षेफल रहेकाे पाेखरीकाे डिल लगायत गुठी संस्थानकाे जग्गामा जबरजस्ती घर,टहरा लगायतका विभिन्न संरचना निर्माण गरेर अतिक्रमण गरिएको छ।

शुक्रबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले एक सूचना जारी गर्दै उक्त अतिक्रमण ३ दिनभित्र हटाएर जग्गा खाली गर्न अनुराेध गरेका छन्।३ दिनभित्र अतिक्रमण नहटाइए नेपालकाे प्रचलित कानुन बमाेजिम गाँउपालिका अगाडि बढ्ने चेतावनीसमेत यादवले दिएका छन्।

यसअघि गत पुस २९ गतेपनि गुठी संस्थान वीरगन्ज शाखालेपनि एक सुचना जारी गरेर ३ दिनभित्र हटाउन आग्रह गरेको थियाे।

Related posts

वीरगन्जमा ट्रकको ठक्करबाट कलैयाका युवकको मृत्यु

MadhesKhabar

वीरगन्जमा भूमाफियाको चलखेल असफल: फर्जी सहकारी खडा गरेर गौशालाको जग्गा हडप्न खोज्नेलाई अदालतको अंकुश

MadhesKhabar

वीरगन्जको विशेष क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा

MadhesKhabar

Leave a Comment