Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आउदै

मधेस खबर
वीरगन्ज , २० बैशाख
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।
दोश्रो पटक प्र्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।
मोदी सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि उनले विभिन्न समयमा तीन पटक नेपाल भ्रमण गरिसकेका छन् ।
यसपाली मोदी , बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
जेठ २ गते परेको बुद्ध पूर्णिमा भन्दा एक दुइ अगाडि नै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा जाने योजना भारत सरकारले बनाइरहेकोे खबर भारतीय पत्रिका द हिन्दूमा छापिएको छ ।उक्त समाचारमा लेखिएको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’
भारतीय प्रधानमन्त्री मोदी , बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने भारतीय पत्रिका द हिन्दूको समाचारमा उल्लेख छ ।
एक महिना अघि मात्रै (चैत तेश्रो साता) नेपालका प्रधानमन्त्री देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यस बेला देउवाले मोदीलाइ नेपाल भ्रमणको निम्तो दिएका थिए ।

Related posts

वायु प्रदुषण बढ्दै गएपछि भारतकाे दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

MadhesKhabar

ब्राजिलमा आँधीका कारण कम्तीमा २७ जनाकाे मृत्युु

MadhesKhabar

वीरगन्जको महावाणिज्य दूतावसामा पनि मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

MadhesKhabar

Leave a Comment