Madhes Khabar
कर्पोरेट

उधोगीको समस्या सुनेपछि राजेशमानले भने – महानगरको कर कम गर्छु

माधुरी महत्तो
वीरगन्ज , १९ बैशाख
: वीरगन्ज महानगरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले आफु माहानगरेको नेतृत्वमा पुगेपछि महानगरले तोकेका करको दरको पुर्नावलोकन गर्ने बताएका छन् ।
सत्तागठबन्धका साझा उम्मेदवार समेत रहेका सिंहले करको दर न्युनिकरण गर्ने काम आफनो प्राथमिकतामा रहने पनि बताएका छन् ।
सोमबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको उद्योगी व्यवपारीहरुसंगको अन्तरकृया कार्यक्रममा उद्योगी व्यपारीहरुको समस्या सुनेपछि सिंहले यस्तो बताएका हुन् ।
सिंहले भने ,‘ महानगरले ४ सय प्रतिशत सम्म कर बढाएको छ , यसमा व्यपारी मात्र नभइ सबै नगरवासी पिडित छन् , करको दर कम गर्ने सुझाव म मनन् गर्छु , नेतृत्वमा आए लगत्तै म त्यो कार्यान्वयनमा ल्याउछु ।
वीरगन्न्ज उद्योग बाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध कुमार गुप्ताज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा यहाका उद्योगी व्यपारीहरुले आफुहरुको समस्या बारे सिंहलाइ जानकारी गराएका थिए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू अशोक टेमानी, गणेश लाठ, प्रदीप केडिया, उपाध्यक्ष माधव राजपाल, अनिल पटवारीका साथै संघका वर्तमान पदाधिकारी , सदस्य लगायतको सहभागिता थियो ।

Related posts

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

सानो पाइलालाई समस्याग्रस्त घोषणा गरि सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न सिफारिस

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment