
माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख :वीरगन्ज हेल्थकेयर हस्पिटलमा आगलागीबाट भएको क्षतिकोे मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शनिवार दिउँसो स्थलगत निरिक्षण गरेका छन् ।
वीरगन्ज १४ गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ्केयर हस्पिटलको डाइलोशीश विभागमा शुक्रबार राति चट्याङ परेका बेला विद्युत सर्ट भएर आगलागी भएको थियो । आलगाीबाट डायलोशी विभगका सबै उपकरण र सामान जलेर नष्ट हुदा करिब पौने २ करोडको क्षति भएको छ ।
स्थलगत निरिक्षणका क्रममा मुख्यमन्त्री राउत र सांसद यादवले अस्पतालका सन्चालक डाक्टर अबुल हैयस अन्सारीसंग आगलागीबाट भएको भौतिक क्षतिका बारेमा जानकारी लिए।

अन्सारीले आगलागीबाट ६ वटै डायलोशीश मेशिन जलेर नष्ट भएको जानकारी गराएपछि सांसद यादवले त्यहा डायलोशीशको सेवा लिइरहेका मुटु रोगका विरामीहरुलाइ नारायणी अस्पतालमा व्यवस्थापन गर्न आग्रह गरे ।
वीरगन्ज हेल्थकेयर हस्पिटलमा १५ जना मुटु रोगीले नियमित डायलोशीश सेवा लिदै आएका थिए।
सांसद यादवले अस्पतालमा भएको आगलागीको घटना प्रति दुःख व्यक्त गर्दै छिट्टै पुनः डायलोशीश सेवा सुचारु गराउन सहयोग गर्ने आश्वासन पनि दिए ।

