
माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख ः बैशाख ३० गतेको निर्वाचनको मतदान नहुदै पर्सामा पनि एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) बाट दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी बसन्तीदेवी मुसहर निर्विरोध निर्वाचित भएकी हुन् ।
उक्त पदमा उम्मेदवारी दर्ता गराएका ६ जना मध्ये ५ जनाको उम्मेदवारी रद्ध भएपछि मुसहर निर्विरोध निर्वाचित भएकी हुन् ।
वडा नम्बर ३ मा मतदाता नामावली भई वडा नम्बर १ मा मनोनयन दर्ता गराएका पाँच जनाको उम्मेदवारी रद्ध भएपछि मुसहर निर्विरोध निर्वाचित भएको पटेर्वासुगौली गाँउपालिकाका निर्वाचन अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
यसैबिच पटेर्वासुगौली गाउँपालिकामा शुक्रबार दुई जनाले उम्मेदवारी पनि फिर्ता लिएका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका अनिल साह रौनियार र नेकपा एमालेबाट वडा नम्बर २ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी रामरति देवीले मनोनयन फिर्ता लिएको भण्डारीले जानकारी दिए ।

