Madhes Khabar
राजनीति

वीरगन्ज महानगरको मेयरमा १२ जनाको उम्मेदवारी दर्ता

वीरगन्ज स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आइतवार मनोनयन दर्ता गराउदै उम्मेदवारहरु

माधुरी महत्तो
वीरगन्ज , ११ बैशाख : स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतवार वीरगन्ज महानगरको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला समन्पय समितिको कार्यालय परिसरमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन आइतवार वीरगन्जको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।मेयर पदका लागि नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक एक जना गरि राजनीतिक दलबाट दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोनयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयर पदका लागि भने पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए ।
पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
ती मध्ये नेकपा एकीकृत समाजवादी , राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका एक एक जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए ।
यसैगरि महानगरको दुइ वडा सदस्य पदका लागि २९ जनाले , महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए ।
नेपाली काँग्रेस , नेकपा एमाले , जसपा , लोसपा , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमवारको समय लिएको पौडेलले जानकारी दिए ।
वीरगन्ज महानगरमा छुटटा छुट्टै दुइ गठबन्धन गरेका प्रमुख दलहरुले मेयर , उपमेयर र वडा अध्यक्षका उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेका कारणले सोमवार मनोनयन दर्ता गराउने भएका हुन् ।

Related posts

प्रचण्ड सरकारविरुद्ध वीरगन्जमा रास्वपाकाे प्रदर्शन

MadhesKhabar

पर्सामा डा. सिके राउतको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य बनाउने जनमत पार्टीको निर्णय

MadhesKhabar

बारा आएर केपी ओलीले भने : कांग्रेसलाई छानबिन समिति होइन,सरकार चाहिएको छ

MadhesKhabar

Leave a Comment