Madhes Khabar
समाचार

वीरगन्ज महानगरको उपमेयरमा काँग्रेसबाट १३ जनाको नाम सिफारिस

माधुरी महत्तो
वीरगन्ज, ११ बैशाख :
वीरगन्ज महानगरको उपमेयरमा नेपाली कांग्रेसबाट १३ जनाको नाम सिफारिस भएको छ ।
काँग्रेसको वीरगन्ज महानगर समितिले उपमेयरमा १३ जनाको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको हो । महानगरको उपमेयरमा हालकी उपमेयर शान्ति कार्की, काँग्रेस जिल्ला सचिव इम्तियाज आलम, पुर्वजिल्ला उपसभापतिद्वय प्रकाश उपाध्याय र राजु गुप्ता, क्षेत्रीयसभापतिद्वय अरविन्द गुप्ता र महम्मद शाहबुद्धिन ,पूर्व क्षेत्रीयसभापति विजय सर्राफ , पुर्व नगर सभापति भोला प्रसाद कलवार, नरेन्द्र साहको नाम सिफारिस गरिएको नगर उपसभापति सन्तोष गुप्ताले जानकारी दिए ।
यस्तै महिला नेतृहरु डाक्टर सुस्मा तिवारी , रुपा श्रेष्ठ , विद्या श्रेष्ठ र किरण सरकारको नाम पनि उपमेयरमा सिफारिस गरिएको गुप्ताले बताए ।यसअघि मेयरमा दाबेदारी गरेका सर्राफ, उपाध्याय र साहले अहिले अन्तिम समयमा आएर उपमेयरमा दाबी गरेका हुन् ।उपमेयरमा आंकाक्षा राखेका सबै १३ जनाको नाम केन्द्रमा सिफारिस गरिएको गुप्ताले जानकारी दिए ।
सत्तारुढ गठबन्धन बिचको सहमतिमा वीरगन्ज महानगरमा मेयर जसपाले र उपमेयर काँग्रेसले उपमेयर पद पाएको छ ।
गठबन्धनमा चुनाव लड्दा जित्ने सम्भावना बढि हुने भएकाले काँग्रेसमा उपमेयरका आकांक्षी बढि देखिएको नगर उपसभापति साहले बताए ।

Related posts

पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला

MadhesKhabar

वीरगन्ज–कलैया सडकखण्डमा भारतीय कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment